शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

कम ताैल गरि मल बिक्री गर्ने एक जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१७ जेठ कम तौल गरी मल बिक्री गर्ने एक सहकारीका संचालक पर्साको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरबाट पक्राउ परेका छन् ।

- Advertisement -

इलेक्ट्रोनिक तराजुलाई नै बनाएर यर्थात तौल भन्दा कम तौल गरेर डिएपी मल बिक्री गरिरहेका बनहरबाबा कृषि सहकारी संस्था पर्सागढी नगरपालिका वडा नं। ५ का संचालक विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानियहरुका अनुसार उनले बिक्री गरेको ३० किलो मल अरु तराजुमा तौल गर्दा २६ केजी मात्र भएको पाइएपछि मल लिन पुगेका कृषिकहरु हुहल्ला गर्दै इलाका प्रहरी कार्यालय एकटांगालाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय एकटा‌ंगाबाट पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

- Advertisement -

उनले प्रयोग गर्दै आएको इलेक्ट्रोनिक तराजुमा १० केजी तौल गर्दा १३ केजी र २० केजी तौल गर्दा २५ केजी देखाउने गरेको थियो । स्थानिय कृषकहरु उनले प्रयोग गर्दै आएको तराजु पनि नियन्त्रणमा लिएर गुणस्तर तथा नापतौल कार्यालय वीरगंजलाई बुझाएका छन् ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगंजले पक्राउ परेका चौधरी विरुद्ध मुद्दा चलाउने तयारी गरेको गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -