शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि बीरगन्जमा थप एक साताका लागि विद्यालयहरु बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ जेठ । दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि बीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरु थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

- Advertisement -

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै बीरगन्ज महानगरपालिका नगरपालिकाको कार्यालयले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते शुक्रबारसम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तर योबिचमा गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि शुक्रबार एक सुचना जारी गरेर बीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरु थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

- Advertisement -

तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले शुक्रबार जारी गरेको सुचनामा उल्लेखछ ।

पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४४ डिग्रि सेल्सियससम्म पुगेको छ । बिहीबार बीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो । शुक्रबार तापक्रम झन् बढेर ४४ डिग्रि सेल्सियस पुगेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -