शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

नेपाल आए ३ हजार ६६२ विदेशी काम गर्न

सिफारिस

काठमाडौं । नेपालमा एक वर्षमा साढे तीन हजार विदेशी नागरिक कामदार भिसामा आएका छन् ।

- Advertisement -

आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएको अध्यागमन विभागले जनाएको छ । यो सूचीमा भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक समावेश गरिएको छैन ।

नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८/७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आव २०७७/७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए ।

- Advertisement -

गत आर्थिक वर्ष २०७९/८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए । यस आवमा एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -