सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको छ ।

- Advertisement -

स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।

- Advertisement -

राउतले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव नारायण गोपाल मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातकहाँ पेस गरेका हुन् । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री विजय गच्छदारकहाँ पेस गरे । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका हुन् ।

साभारratopati
- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार