बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
23.2 C
Kathmandu
26.3 C
Birgunj

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

- Advertisement -

आयोगले गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव, सब–इन्जिनियर उपेन्द्र कुशवाहा र उपभोक्ता समितिका अध्यक्षसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सब–इन्जिनियर कुशवाहाले सिम्रौनगढ नगरपालिकाका वडा नम्बर तीनमा सामुदायिक भवन निर्माण कार्य र त्यसै वडाको नयकाटोलमा बर्थिङ सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्टा बिल भरपाई बनाएको अख्तियारको भनाई छ ।

- Advertisement -

यस्तै नगरपालिकासँग गरेको सम्झौताको सर्त पालना नगरी नभए नगरेको कार्यसमेत भए गरेको भनी मूल्याङ्कन गरी गराई भुक्तानीका लागि पेस भएको नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन बमोजिम ३७ लाख, ९३ हजार, तीन सय ९२ रुपैयाँ स्वीकृत एवं भुक्तानी दिएको आयोगका सहसचिव एवम् प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार अधिकृत साह, सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यादव र कुशवाहालाई ३७ लाख ९३ हजार ३९२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा एक बमोजिम कैद र जरिवाना हुन माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

यसै गरी सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्र प्रसाद यादव, सचिव विजय कुमार यादव, कोषाध्यक्ष कविता देवीलाई रु.१९ लाख ७ हजार ५ सय ३२ र बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीलाई रु.१८ लाख २५ हजार ८ सय ६० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन माग दाबी लिई आरोप-पत्र दायर गरिएको छ ।

नगरपालिकाले मधेस प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७–०७८ मा सञ्चालित योजनामा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना तथा भ्रष्टाचारजन्य कार्य गरेको संसदीय अनुगमन विशेष समिति मधेस प्रदेशको प्रतिवेदनबारे अख्तियारमा उजुरी परेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -