शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

चीनलाई नेपालको जलविद्युत, पर्यटन क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति यादवको आग्रह

सिफारिस

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका छन् ।

- Advertisement -

चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तले आयोजना गरेको सातौ चीन दक्षिण एसियाली प्रदर्शनी र २७ औं चीन खुमनिङ्ग आयात निर्यात मेलाका उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले दुई देश बीचको आर्थिक सम्बन्ध सुधारका लागि जलविद्युत, पर्यटन भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा नेपालमा लगानीका लागि आग्रह गरेका हुन् ।

गत सोमबार सो प्रदर्शनीको उद्घाटनका लागि चीन सरकारको निम्ताको चीनको युनान प्रान्तको खुमनिगमा आयोजित समारोहमा सहभागी हुन आएका उपराष्ट्रपति यादवले प्रदर्शनीमा सहभागी हुन पुगेका नेपाली व्यापारी, चिनियाँ ब्यापारीहरुसँग छलफल गरेका थिए ।

- Advertisement -

सोही कार्यक्रममा उपराष्ट्रपति यादव र चीनका विदेशमन्त्री वाङ यी बीच साइटलाइन भेटवार्ता भएको चीनस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपराष्ट्रपति यादव र विदेशमन्त्री वाङ यी बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका पक्षमा छलफल भएको जनाइएको छ ।

सोही समारोहमा शिक्षामन्त्री अशोककुमार राईसमेत सहभागी भएका छन् । चौथो दक्षिण एसियाली प्रविधिक फोरमको मन्त्री राई सहभागी छलफलमा शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा चीन नेपाल सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

छलफलमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेल र युनान प्रान्तका भाइस गर्भनरबीच भेटवार्ता भएको थियो । टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसमेत सहभागी छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -