शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

संसद् अवरोध खोल्न एमाले टसमस नभएपछि राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

सिफारिस

काठमाडौं । नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक सञ्‍चालन हुन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपति पौडेलले संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका हुन्।
संसद्मा‌ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितलनिवास बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यसअघि पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको छ भने सत्तापक्षले राज्यका वैधानिक संयन्त्रबाट नै अनुसन्धान अघि बढाउने र छुट्टै समिति गठन हुन नसक्‍ने दोहोर्‍याइरहेको छ।

- Advertisement -

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आइतबार बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -