शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

कोशीमा एमाले र राप्रपाले बहिष्कार गरेपछि प्रदेशसभा बैठक स्थगित

सिफारिस

काठमाडौं । कोशी प्रदेश सभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बैठक बहिष्कार गरेका छन्। विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग भएको भन्दै विपक्षीले विरोध गरेका हुन्।

- Advertisement -

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला सभाध्यक्ष इसराइल मन्सुरीले बैठक सुरु गर्नासाथ बैठक बहिष्कार गर्दै बाहिर निस्किएका थिए। बैठकको अध्यक्षता गरिरहेका मन्सुरीबाट फेरि असंवैधानिक निर्णय भएकोले बैठक बहिष्कार गर्ने निर्णय भएको भन्दै सिटौला सभा छाडेर निस्किएका थिए।

त्यसपछि एमाले र राप्रपाका सबै सांसदले बहिष्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित भएको घोषणा गरेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -