शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

एमालेलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भने – मधेसको माग सम्बोधन गर्न खोज्दा संविधान संशोधन हुन दिएनन् !

सिफारिस

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्ने शक्तिले संविधान संशोधन गर्न नदिएको आरोप लगाएका छन् । शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा एमालेप्रति लक्षित गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
उनले दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव रोकेको आरोप लगाएका हुन् । ‘तपाईँहरूलाई थाहै छ । म सिराहबाट दोस्रोपटक निर्वाचित भएपछि दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ’, उनले भने, ‘मधेशको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याएको थिएँ । तर पटक पटक संविधान च्यात्न खोज्ने र संसद विघटन गर्ने शक्तिले संशोधन हुन दिएनन् ।’

- Advertisement -

जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्तिहरू सरकार र मोर्चामा रहेकाले देशको आमुल परिवर्तन सम्भव रहेको उनले जिकिर गरे । ‘समाजवादी मोर्चामा जनयुद्धको कमाण्डर रहेको व्यक्तिले सरकारको नेतृत्व गरेको छ । पटक पटक जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्ति सरकारमा र मोर्चामा छन् ।

अहिले परिवर्तन नभए कहिले हुन्छ । सुशासन र समृद्धिको यात्रालाई वर्तमान सरकारले नै पुर्याउँछ’, उनले भने कार्यक्रममा प्राप्त उपलब्धिलाई बदनाम गराउन केही शक्ति लागेको उनको आरोप छ ।

- Advertisement -

उनले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट भएको परिवर्तनलाई विकृत बनाउने, बदनाम गराउने कुचेष्टाका साथ ती शक्तिहरू लागेकाले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडक तीनवटै मोर्चा प्रभावकारी बनाउन समाजवादी मोर्चा घोषणा गरेको उनले जिकिर गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -