शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

ढुसी परेको कोक बेच्ने बिक्रेतालाई महानगरले तिरायो डेढ लाख जरिवाना

सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले ढुुसी परेको कोक बेच्ने बिक्रेतालाई डेढ लाख जरिवाना गराएको छ। काठमाडौंको पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले डेढ लाख जरिवाना गराएको हो।

- Advertisement -

शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो।

जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ।

- Advertisement -

जरिवाना ७ दिनभित्र जरिवाना तिर्न समय दिएको छ। सात दिनभित्र जरिवाना नतिरे आवश्यक कारबाही प्रक्रियामा जाने महानगरले बताएको छ।

‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -