काठमाडौं,१० भदौ – नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ नेपालको केन्द्रिय सचिवालयको बैठक सदर्भमा देखिएको बिवादलाई मिलाउनका लागि पहल गर्न माग गर्दै बिवादमा तटस्थ बसेका युवाहरुको समुहले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएका छन् ।
युवाहरुले संगठन भित्र देखिएको बिवाद मिलाएर संगठनलाई एकढिका बनाउँन ज्ञापन पत्रमा माग गरेका छन् । भदौ ९ गते काठमाडौंमा बोलाइएको केन्द्रिय सचिवालयको बैठक नितेश पौडेलको नृतृत्वमा अर्याल होटलमा र नरेश शाहीको अध्यक्षतामा भेनिस प्लेसमा अलग अलग बैठक बसेपछि केहि युवाहरुको समुह तटस्थ बसेका थिए ।
तटस्थ युवाहरुको समुहले सचिवालय बैठक अलग अलग दुई ठाउँ संचालन गर्न खोजि संगठनलाई बदनाम बनाउन खाजेको भन्दै बिवाद मिलाउन माग गर्दै दोषी देखिएका युवा नेताहरु कारवाही गर्नु पर्ने माग राखेका छन् ।
संगठनको बिवादमा मिलाउन वारे ध्यायन आकर्षण गराउँन गएका युवाहरु तत्काल संगठनलाई बाडभौलो गर्ने गतिबिधि रोक्न पार्टी अध्यक्ष नेपाललाई निवेदन गरेका थिए । यसरी ज्ञापन पत्र बुझाउन स्थायी कमिटि सदस्य सुवास साह,सचिवालय सदस्य अनिल पटेल,बजरंगी यादव,मनोज कुमार गुप्ता,बिनय प्रविन सहितका युवाहरु पार्टी अध्यक्षलाई भेटन पुगेका थिए । दुई ठाउँमा सचिवालय बैठक बसाउने प्रयास गरिएपछि धेरै युवा नेताहरु अलमलमा परेका थिए ।