सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

नेप्से ५७ अंकले घट्यो

काठमाडौँ,३१ भदाै । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले...

विराटनगर,३१ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत...

नेपालको शिर ढल्ने र...

काठमाडौँ,३१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र ...

वीरगन्जमा मुख्यमन्त्री सिंहद्वारा मधेश...

वीरगन्ज,३१ भदाै । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन...
26.1 C
Kathmandu
27.3 C
Birgunj

कोशी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाई हुने

सिफारिस

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई मंगलबार पनि नसकिएपछि हेर्दाहेर्दैुमा राखिएको छ।

- Advertisement -

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे सुनुवाइ भइरहेको छ।

सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा मंगलबार मुख्यमन्त्री उद्धव थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ। यसअघि सोमबार निवेदकको तर्फबाट हिक्मत कार्की पक्षले बहस गरेको थियो।

- Advertisement -

पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। निवेदक र प्रतिवादीको बहसपछि आगामी बिहीबार जवाफी बहस हुने बताइएको छ। जवाफी बहस सकिएपछि बिहीबार नै फैसला आउनसक्‍ने बताइएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। त्यही अनुसार सोमबार पूर्ण इजलासमा बहस अघि बढेको हो।
कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराएका थिए।

प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार