शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

सर्लाहीको मलंगवामा कृष्णको मूर्ति बिसर्जनमा झडप, स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी

सिफारिस

काठमाडौं । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ। कृष्ण जन्माष्टमीको मूर्ती बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

- Advertisement -

शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले जानकारी दिए।

अहिलेसम्म कुनै घटना नघटेको भएपनि घट्न सक्ने सम्भावना भएकाले निषेधाज्ञा जारी गरिएको यादवले बताए।

- Advertisement -

‘अहिलेको अवस्था सामान्य नै छ,’ उनले भने, ‘सम्भावित घटनाक्रमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको हो।

सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवामा शुक्रबर साँझ दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले अश्रग्यास र एक राउन्ड हवाइ फायर समेत गरेको थियो।

शनिबार बिहानैदेखि पनि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका थिए। लगत्तै स्थानीय प्रशासनले थप सुरक्षा बढाएको थियो।

सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव राख्न अपिल गरिएको सीडीओ यादवले बताए।

प्रदर्शनका कारण मलंगवाका पसलहरू बन्द छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -