शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

म सरकारमा जति दिन टिके पनि भ्रष्टचारविरुद्ध काम गरिरहन्छु : प्रधानमन्त्री प्रचण्ड

सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको दाबी गरेका छन्।

- Advertisement -

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बिराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रिया वादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणलाई मुठभेटमा बदल्न खोजेको दाबी गरे।

- Advertisement -

विवाद र मुठभेटबाटभन्दा सहमतिबाटै प्रदेशको नामाकरण विवादको अन्त्य गरिनुपर्ने उनले बताए। यसका लागि सबै दल मिलेर वार्ता गर्नुपर्ने जिकिर उनले गरेका छन्।

प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले एक्सन थालेपछि चालबाजी भइरहेको पनि बताएका छन्।

धमाधम भ्रष्टचारका फाइल खोल्न थालेपछि सरकारविरुद्ध विभिन्न खेल र षडयन्त्र सुरु भएको उनले बताए।

सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए।

‘म सरकारमा जति दिन टिके पनि भ्रष्टचारविरुद्ध काम गरिरहन्छु’, उनले सन्देश सभामा भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -