शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

मधेशका मुख्यमन्त्री यादवको चेतावनी- धार्मिक दंगा फैलाउनेलाई गोली हान्छौं

सिफारिस

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन् । मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् ।

- Advertisement -

उनले धर्मका नाममा हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिए । मुख्यमन्त्री यादवले भने, ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन् ।’

उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।

- Advertisement -

मन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -