शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

रौतहटमा युवकलाई हत्या गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाँच पुग्याे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,३० भदाै । रौतहटको कटहरिया–५ मा गए राति युवकलाई छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ। शुक्रवार बेलुका साढे सात बजे दुई पक्षीय झडपमा एक समूहले कटहरिया ५ का मदन यादवको २५ वर्षीय छोरा सुनिल राय यादवलाई छुरा हानेर हत्या गरेका थिए।

- Advertisement -

कटहरिया ५ खानेपानी कार्यालय छेउमै सुनिल यादव दाजुभाइ र अर्को पक्षबीच भनाभन हुँदै झडप सुरु भएको थियो। झडपको क्रममा उक्त समूहले सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेका थिए। लगत्तै उनको मृत्यु भएको थियो ।

प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनको काका लक्ष्मी साहको छोरा वर्ष २३ का किसन साहलाई नियन्त्रणमा लिएको थियो । खोजतलासको क्रममा कटहरिया गाउँमा लुकेर बसेका रामबाबु साह सोनार र दुई जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -

सबै आरोपी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । मृतक यादवको शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

शुक्रवार साँझ दुवै परिवारका नाबालक केटाहरू बिच खेल्ने क्रममा भएको सामान्य गालीगलौजको विषयलाई लिएर भनाभन हुँदै झडप हुँदा हत्याको घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -