शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

वाणिज्य बैंकहरूले असोजका लागि नयाँ ब्याजदर गरे सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३१ भदाै । असोज महिनाको लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

- Advertisement -

वाणिज्य बैंकहरूले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरूले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । दुई महिनाको अवधिमा अधिकांश बैंकहरूको ब्याजदर बढेको छ ।

बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरूले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

- Advertisement -

हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुद्धती निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ ।

यता ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ । यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -