बीरगन्ज,१०असाेज । मुस्लिम धर्मावलम्बीकाे पर्ब ` पैगम्बर माेहम्मदकाे जन्मदिन (माेहम्मद डे)´ का दिन भाेलि बिहीबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
मधेस प्रदेशकाे मन्त्री परिषदकाे आज बुधबार बसेकाे बैठकले भाेलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
मधेस प्रदेशका निमित्त सचिव उत्तम प्रसाद खरेलले आज जारी गरेकाे सुचनामा ` पैगम्बर माेहम्मदकाे जन्मदिन असाेज ११ गते बिहीबार परेकाले उक्त दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रीपरिषद बैठकबाट गरिएकोले सबैमा जानकारी गराइएकाे छ।´ उल्लेख छ ।