Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

पर्साबाट छुटेको मालबाहक ट्रक बारा प्रहरीको नियन्त्रणमा, एक करोडबढीको राजश्व छलीका सामग्री बरामद

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ असोज पर्साबाट चेकजाँच भएर छुटेको मालवाहक ट्रकमा राजश्व छलीको मालसमान बरामद भएको छ । देशका विभिन्न गन्तव्यका लागि छुटेको मालवाहक ट्रकहरूलाई अवैध सामग्रीसहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -

बिलबिजक भन्दा बढी तथा राजश्व छलीका सामग्री बोकेर वीरगञ्जबाट काठमाडौँ र रुपन्देहीको तर्फ हिँडेको चार वटा मालवाहक ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नियन्त्रणमा लिइएका ट्रकहरूमा बिलबिजक भन्दा बढी अथवा राजश्व छलीका अर्थात् स्रोत खुल्न नसकेको सामग्री भेटिएको छ । बिहीबार एउटा सूचना जारी गर्दै बारा प्रहरीले नियन्त्रणमा लिइएको ट्रकहरूबाट बरामद सामग्रीको मूल्य झन्डै एक करोड ३१ लाख ९५ हजार २५ रुपैयाँ रहेको जनाएको छ ।

- Advertisement -

प्रहरीले आज बिहान जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज र जितपुरमा वीरगञ्जबाट काठमाडौँ तर्फ हिँडेको ना। ६ ख ७१ नम्बरको मालवाहक ट्रकबाट ३५ लाख २७ हजार ४७४ रुपैयाँ, बा। ४ ख ११२५ नम्बरको मालवाहक ट्रकबाट ३६ लाख ६२ हजार ९७२ रुपैयाँको सामग्री बरामद गरिएको जनाएको छ ।

त्यस्तै वीरगञ्जबाट रुपन्देही तर्फ हिँडेको ना। ४ ख ११२५ नम्बरको मालवाहक ट्रकबाट २४ लाख ९९ हजार ५७९ रुपैयाँ र ना। ६ ख ३०२४ नम्बरको डिब्बा ट्रकबाट ३४ लाख ९५ हजार रुपैयाँ गरी कूल एक करोड ३१ लाख ९५ हजार २५ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । ट्रकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको डिएसपी न्यौपानेले बताए ।

नेपालीहरूको ठूला चाडपर्व दसैँ, तिहार छठ नजिकिँदै बेला देशको मुख्य व्यापारिक सहर वीरगञ्जको बाटो हुँदै करोडौँ बराबरको अवैध सामाग्री बरामद गर्नु बारा प्रहरीको लागि ठूलो उपलब्धि हो । यद्यपि पर्सा प्रहरीले जिल्लामा शान्ति सुरक्षा र तस्करी नियन्त्रण चुस्त दुरुस्त रहेको दाबी गरिरहँदा उनीहरूको नाकको तलबाट करोडौँ मूल्यको सामग्रीसहित चार वटा ट्रक बारा पुग्नले विभिन्न प्रश्नहरू उत्पन्न गरेको छ ।

यसअघि पनि पर्साबाट देशका विभिन्न ठाउँका लागि हिँडेका मालवाहक ट्रकहरूलाई बारा र मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । पर्सामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजश्व अनुसन्धान गर्ने निकायहरू हुँदाहुँदै बिलबिजक भन्दा बढी सामग्री भएको ट्रक बारा र मकवानपुर जिल्लाबाट नियन्त्रणमा आउनुले यहाँको प्रहरी र प्रशासनको काममाथि नै शङ्का उत्पन्न गरेको छ । स्रोतका अनुसार बरामद भएको समाग्री प्रहरी प्रशासनकै मिलोमतोमा तस्करीबाट नेपाल छिरेको थियो । यता सशस्त्र प्रहरी भन्सार कार्यालयमा रहेको युनिट र बीरगन्जमा रहेको सशस्त्र प्रहरीको हेडक्वाटर १३ नम्बर गणले सिमा तस्करी शन्य रहेको दावी गर्दै आएको छ ।

 

ताजा समाचार

spot_img

थप समाचार