मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

आजकाे राशिफल कस्तो छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मेष : रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।

वृष : अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूको विश्वासमा नपर्नुहोला। 

- Advertisement -

मिथुन : आम्दानी बढ्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा विशेष लाभ हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ।

कर्कट : चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह : काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

कन्या : अस्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। 

तुला : प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। उपभोग्य भौतिक वस्तु किनमेल गर्ने समय छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।

वृश्चिक: बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ।

धनु : सुखद समाचारले उत्साह जगाउनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

मकर : आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

कुम्भ : सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

मीन : मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -