मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

नेताहरू नै कमिसनको चक्करमा लाग्दा देश विकास हुन सकेन : प्रभु साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अवैध बाटोबाट पैसा बिदेसिएको कारण नेपालमा आर्थिक सङ्कट देखिएको कताएका छन् ।

- Advertisement -

बडा दसैँ, दीपावली तथा छठको शुभ अवसर पारेर क्षेत्रको प्रत्येक घरमा पुग्ने लक्ष्य अनुरूप सातौँ दिन नेता साहले देवाही गोनाही नगरपालिकाको टिकुलिया पिपरा, गोनाही, धरहरी तथा गरुड़ा नगरपालिकाको लक्ष्मीपुर,अमरपट्टी लगायतका गाउँमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

सो क्रममा उनले देशको उच्च पदमा रहेका कर्मचारीले कमिसनको नाममा पैसा उठाउने, ठुला व्यापारीहरू राजस्व छली गरी पैसा थुपार्ने, नेताहरू कमिसनको चक्करमा लाग्दा देश विकास हुन नसकेको बताए । उनले भने कमिसनमार्फत आएको पैसा अवैध बाटोबाट विदेश पुर्‍याउने गरिएको छ । भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल कसरी समृद्ध हुन्छ ?

- Advertisement -

उनले जङ्गली जनावरको नियन्त्रण गर्न र पीडित किसानलाई राहत तथा क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरे । अनियन्त्रित रूपमा बढ्दै गएको नीलगाई लगायतका जङ्गली जनावरले किसानको वर्षभरिको मिहिनेत पसिना माथि क्षति पुर्‍याएको कारण तत्काल नियन्त्रणको पहल गर्न तथा पीडित किसान लाई क्षतिपूर्ति दिन आवश्यक रहेको उनले बताए।

शुभकामना कार्यक्रममा आम जनता पार्टीको केन्द्रीय सचिव पूर्व सांसद समीना हुसेन, जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष एवम् देवाही गोनाही नगरपालिकाको पूर्व मेयर धर्मेन्द्र पटेल,आम महिला मिर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, नेता श्रीभग्वान पटेल, अनिल झा, फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्याशी विजय यादव, महिला नेतृ बबिता यादव, रञ्जु साह , लगायतको उपस्थिति रहेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -