आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
11.1 C
Kathmandu
14.9 C
Birgunj

मधेसी जनताको अधिकार प्राप्ति लडाइँ अझै जारी : डा. राउत

सिफारिस

बीरगन्ज,२१ कार्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँ अझै नसकिएको बताएका छन् । आफूहरूसँग पर्याप्त बहुमत नभएको कारण मधेस प्रदेशमा आफूहरूले राम्रो काम गर्न खोजे पनि गर्न नदिएको बताए ।

- Advertisement -

सर्लाहीको कविलासीमा जनमत पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले आफूहरूले कृषिको क्षेत्रमा राम्रो गर्ने प्रयास गर्दा गर्दै जिम्मेवारीबाट हटाएको बताए ।

पार्टीले मधेस सरकार मार्फत जनताको मन जित्ने काम गरेकोले अरू पार्टी त्रसित भएको आशय व्यक्त गर्दै भने, ‘जनताको माग पूरा भयो भने पार्टी जनताको लोकप्रिय हुन्छ भन्ने सोचियो । त्यसैले हामीले गाउँ गाउँमा किसानका लागि मल कारखाना खोल्ने कृषि डाक्टरहरू पठाउने योजना बनाइरहेको बेला हामीलाई जिम्मेवारीबाट हटाएर विना विभागीय बनाइयो ।’

- Advertisement -

उनले देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेस र सङ्घीय सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । ‘लाखौँ युवा बिदेसिन बाध्य छन्, स्वदेशमै भएकाहरू पनि दिनदिनै आत्महत्या गर्न बाध्य छन्,’ उनले भने, ‘यहाँका किसान, मजदुर आत्महत्या गर्न बाध्य भई सक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’

उनले मधेस प्रदेशका अर्थमन्त्री कुनै पनि योजना दिँदा सुरुमै कमिसन माग गर्ने गरेको आरोप पनि लगाए । उनले जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरूको सङ्घर्ष पनि अझै जारी रहेको बताए । उनले आगामी चुनावमा जनमत पार्टीलाई मधेस प्रदेशमा दुई तिहाइ र केन्द्रमा निर्णायक सिटमा जिताउन आग्रह गरे ।

रमा थामी

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार