काठमाडाैँ,१८ मंसिर । भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले मध्य प्रदेश र छत्तीसगढ र पश्चिम राज्य राजस्थानमा भएको निर्वाचनमा जित हासिल गरेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।
मतगणना जारी रहँदा भारतको निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्याङ्कले मध्यप्रदेशका कुल २३० मध्ये १ सय ६६ विधानसभा क्षेत्र, छत्तीसगढका ९० मध्ये ५६ र राजस्थानमा १९९ मध्ये १ सय १५ निर्वाचन क्षेत्रमा भाजपाले जित हासिल गरेको देखाएको छ ।
भाजपाले जितेका तीन राज्यहरूबाहेक पार्टीले दक्षिणी राज्य तेलंगानामा पनि आफ्नो संख्या बढाएको छ । एजेन्सी