सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

बजारभन्दा सरकारी मूल्य कम भएपछि धान बिक्री गर्न आएनन् किसान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ मंसिर । बजार मूल्यभन्दा सरकारी मूल्य कम भएपछि खाद्य ब्यावस्था तथा ब्यापार कम्पनीमा किसानहरूले धान बिक्री गर्न आएका छैनन् ।

- Advertisement -

कम्पनीको बीरगन्जस्थित कार्यालयले धान खरिद गर्न सुरु गरेपछि किसानहरू धान बिक्री गर्न आएका छैनन् ।किसानहरू धान बिक्री गर्न नआउनुको मुख्य कारण भने यसपालि सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा बढी बजारमै मूल्य रहेकाले किसानहरू कम्पनीलाई आफ्नो धान बिक्री गर्न आएका छैनन्।

गत शुक्रबारदेखि नै कम्पनीको बीरगन्जस्थित कार्यालयले सूचना जारी गरेर किसानहरुले उत्पादन गरेको सोना मन्सुली र जिरा मसिनो धान खरिद गर्न सुरु गरेको जानकारी दिएको थियो । तर अहिलेसम्म एक जना पनि किसानले आफ्नो धान कम्पनीको कार्यालयमा बिक्रीको लागि लिएर आएका छैनन् ।

- Advertisement -

कम्पनीले यसपालि सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ३ सय ६२ र जिरा मसिनो धानको मूल्य प्रति क्विन्टल ३ हजार पाँच सयमा खरिद गरिरहेको छ । तर सरकारी मूल्यभन्दा बढी बजारमा अहिले धान बिक्री भइरहेकोले किसानहरूले कम्पनीमा धान बिक्री गर्न आएका छैनन् ।

बजारमा अहिले सोना मनसुली धानको मूल्य प्रति क्विन्टल ३ हजार ७ सयसम्म रहेको छ । सरकारले तोकेको मूल्यभन्दा बजारमा नै अहिले किवन्टलमा तीनदेखि ४ सयसम्म बढी मूल्य धानको पाइने गरेकोले अहिलेसम्म कम्पनीको कार्यालयमा किसानहरू धान बेच्न नल्याएको खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेड वीरगञ्जका सूचना अधिकारी समिर दाहालले बताए ।

सरकारी कमजोरी र गलत नीतिका कारणले यसपालि धानको सरकारी मूल्य बजार मूल्यभन्दा कम भएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताए । कम्पनीले सधै जसो ढिलो गरेर धान खरिद गर्ने गरेको अधिकांश किसानहरूले आफनो धान बेचिसकेपछि मात्रै सरकारले खरिद गर्ने गरेको पनि उनले बताए ।

सरकारले समयमै खरिद नगर्दा प्राय: जसो केही समय पहिलेसम्म किसानहरूले दुई हजार सात सयप्रति क्विन्टलमा धान बेचेको गदीको भनाइ छ । कम्पनीको वीरगञ्जस्थित कार्यालयले यसपालि हालसम्मकै सबैभन्दा बढी ३७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएपनि किसानहरू भने त्यसको लाभ लिन सकेका छैनन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार