सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

वीरगन्जमा मुख्यमन्त्री सिंहद्वारा मधेश...

वीरगन्ज,३१ भदाै । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन...

पाकिस्तानका १० सांसदलाई जमानत...

एजेन्सी,३१ भदाै। पाकिस्तानको एक आतंकवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका...

कास्कीमा डेङ्गी सङ्क्रणबाट ३...

गण्डकी,३१ भदाै । डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का...

सहकारी छानबिन समितिको प्रतिवेदन...

काठमाडौं, ३१ भदाै । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको...
26.1 C
Kathmandu
27.3 C
Birgunj

सिम्रौनगढमा मुआब्जा संघर्ष समितिको प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१९ माघ । तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले जुलुस निकालेर प्रदर्शन गरेको छ । आज बाराको सिम्रौनगढमा समितिले जुलुस निकालेर प्रदर्शन गरेको हो ।

- Advertisement -

सिम्रौनगढ बसपार्कबाट निस्किएको जुलुसले नगर परिक्रमा गर्दै पुन बसपार्कमा आएर सभामा परिणत भएको थियो । जुलुसमा सहभागिहरुले बाटोको मुआब्जा ब्याजसहित दिलाई देउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा भएको कोण सभामा समितिका सचिव रामानन्द चौधरी, ढुन्ढीराज उप्रेती, महेन्द्र जयसवाल, मनेजर चौधरी, जगदेव चौधरी, रामबाबु साह तेली लगायतले मुआब्जाको माग गर्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

- Advertisement -

कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष शंकर मैनालीले गर्नुभएको थियो ।

तामागढी सिम्रौनगढ सडकमा ७० बिघा जग्गा परेको र एक हजार ५ सय किसान मुआब्जा पिडित रहेको समितीका सचिव रामानन्द चौधरीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार