बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई माधव नेपालकाे चुनौती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,१९ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावमा लड्न चुनौती दिएका छन् ।

- Advertisement -

शुक्रबार एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शासन चलाउने इच्छा भए पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् ।

राजा महाराजाले देशको सम्पत्ति लुट्ने कुरालाई स्वीकार गर्न नसकिने भन्दै उनले भने, ‘शासन चलाउने भए जनतामा जानुस्, पार्टी खोल्नुस् । दुःख गर्नुस् । जनताको मन जितेर आउनुस् ।’

- Advertisement -

उनले वंशले शासन गर्ने दिन सकिएको भन्दै कुनै पनि हालतमा राजतन्त्र नर्फने बताए । उनले भने ‘राजा महाराज र तीनका दासहरुले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि त्यो असफल हुनेछ । बाउले शासन गर्ने, बाउ नभए छोराले शासन गर्ने, के अब जनताले यस्तो सहन सक्छ ? सक्दैन । अब वंशले शासन गर्ने दिन गए ।’

यस्तै नेता नेकपा एकीकृत समाजवादी प्रति जनताले भरोसा गरेको बताए । आफ्नो पार्टी महाधिवेशन सम्पन्न गर्न लागेको बताउँदै उनले जबजको सान्दर्भिकता अझै नसकिएको बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार