बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

नेपाल भारतसँग फराकिलो अन्तरले पराजित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल भारतसंग १३२ रनले पराजित भएको छ ।

- Advertisement -

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा शुक्रबारराति सम्पन्न खेलमा २९८ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६५ रनमात्र बनाएपछि खेल भारतले जितेको हाे।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए भने अर्जुन कुमालले २६ र दुर्गेश गुप्ताले अविजित २९ रन जाेडे। बलिङतर्फ भारतका साैम्या पाण्डेले एक्लैले चार विकेट लिए ।

- Advertisement -

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएकाे थियो ।

भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले ।यस्तै कप्तान उदय सहारनले पनि १०७ बलमा ९ चौकासहित १०० रन बनाए ।

नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ५५ रन खर्चिए । त्यस्तै दीपेश कँडेलले १० ओभरमा ४६ रन खर्चेका थिए । देव खनालले २ ओभरमा १४ रन खर्चे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार