बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

विश्वासको मत लिनुअघि मधेशका मुख्यमन्त्रीलाई सत्ता छाड्न दबाब

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२४ माघ  । जनमत पार्टीका दुई मन्त्रीले गत माघ ११ गते सरकार छाडेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने र फेरि सरकारलाई पूर्णता दिनुपर्ने बाध्यतामा छन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले अब १८ दिनभित्र विश्वासको मत लिनुपर्छ भने जनमतले छाडेको दुई मन्त्रालयमा पनि छिटै मन्त्री नियुक्त गर्नुपर्नेछ ।

- Advertisement -

तर यही बेला सत्ता साझेदार दलले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै सरकारको नेतृत्वमै दाबी गरेपछि मुख्यमन्त्री यादव दबाबमा छन् । महत्वपूर्ण विषयहरुमा गठबन्धनभित्र छलफल नगरेको, एक वर्षको अवधिमा राम्रो काम नगरेको भन्दै सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा नै दाबी गरेका छन् ।

‘मुख्यमन्त्रीले गठबन्धनको कतिवटा गठबन्धनको बैठक राख्नुभयो ? कति पटक सरकार सञ्चालनमा गठबन्धनको सल्लाह लिनुभयो’, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह भन्छन् ‘उनको भूमिका नै पुगेको छैन । अब आलोपालोको प्रणालीमा जानुपर्‍यो, सहमति हुनुपर्‍यो ।’

- Advertisement -

नेपाली कांग्रेसले पनि मधेश सरकारको नेतृत्व आफू पाउनुपर्ने दाबी गरेको छ । गत वैशाख १० गते बारा- २ मा उपचुनाव हुँदा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताए एक वर्षपछि मधेश सरकारको नेतृत्व पाउने भद्र सहमति भएको कांग्रेसका प्रदेश सभापतिसमेत रहेका भौतिक पूर्वाधार विकस मन्त्री कृष्णप्रसाद यादव बताए ।

‘त्यति बेला जसपाले भद्र सहमति गरेको थियो । त्यसैले अब नेतृत्व कांग्रेसले पाउनुपर्छ । यस विषयमा केन्द्रीय गठबन्धनमा छलफल चलिरहेको छ । गठबन्धनको जे निर्णय हुन्छ हामीले फलो गर्छौं’, उनले भने ।

सत्ता साझेदारको असन्तुष्टिकै बीच विश्वासको मत लिन मुख्यमन्त्री यादवले राजनीतिक दौडधुप सुरु गरेका छन् । उनी सत्ता गठबन्धनको शीर्ष नेता भेट्न काठमाडौं पनि पुगेका छन् । जनमत पार्टीले सरकार छाडे पनि मधेशमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत छ । तर, सत्ता साझेदार कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा, मन्त्रालयको भागवण्डा पहिला टुंग्याउनुपर्ने अडानमा छन् ।

११ मन्त्रालयमध्ये मुख्यमन्त्रीको दल जसपाले तीन, कांग्रेसले ३, माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले १-१ मन्त्रालय सम्हालेका छन् । जसपा भन्दा ४ सांसद बढी रहेको कांग्रेसले थप दुईवटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

प्रदेशसभामा १०७ सांसदमा एमालेको २३, कांग्रेसको २२, जनता समाजवादी पार्टीको १८, जनमतको १३, माओवादी केन्ऽको ९, लोसपाको ९, एकीकृत समाजवादीको ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक रस्वतन्त्रका २ सांसद छन् ।

जसपाको आधारमा कांग्रेस ४ सांसद बढी ठूलो पार्टी रहेकाले थप दुई मन्त्रालयको दावी स्वभाविक रहेको उसका प्रदेश सांसद शेशनारायण यादव बताए ।

‘१८ सिटको जसपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएको छ । कांग्रेस २२ सिटको छ । हामीलाई थप दुईवटा मन्त्रालय पाउनुपर्ने स्वभाविक छ नि !’ प्रदेश सांसद यादवले भने ।

९-९ सिटको माओवादी केन्द्र र लोसपाले भने थप १-१ मन्त्रालयको दावी कायमै राखेका छन् । यद्यपि मधेशमा जनमतले छाडेको दुई मन्त्रालयबाट कांग्रेसलाई र माओवादीलाई थप १-१ मन्त्रालय दिने मनस्थितिमा मुख्यमन्त्री यादव रहेको जसपाका एक सांसद बताए ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार