बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

वीरगंजमा सोनाम ल्होछार सार्वजनिक रुपमा मनाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,२६ माघ ।। बैद्ध धर्मावलम्बी तामाङ समुदायको समृद्धी र सांस्कृतिक सम्पदाको संरक्षणर प्रवद्धनमा समर्पित नेपाल तामाङ छेदुङ र टासी साङ्ग थार्चोलिङ्ग बौद्ध गुम्बा वीरगंजले माघ २७ गते शनिबारको दिन सार्वजनिक रुपमा २८६० औं सोनाम (डुक) ल्होछार मनाउने भएको छ ।

- Advertisement -

माघ १५ देखि तमाङ समुदायको नयाँ वर्ष सुरुवात हुने गदर्छ । नयाँ वर्षको अवसरमा यहि माघ २७ गते शनिबारको दिन बिहान ७ बजेदेखि बिहान १० बजेसम्म वीरगंजको भिस्वामा रहेको टासी साङ्ग थार्चोलिङ्ग नामक गुम्बामा पुजाअर्चना गरिने कार्यक्रम रहेको छ । पुजार्अचनापछी गुम्बादेखि पुरानो बसर्पाक हुदै आर्दशनगरसम्म लोछार शोभायात्रा ्याली गरिने आयोजकले जनाएको छ । ¥यालीपछी कार्यक्रमस्थानमा करिब डेढ घण्टाको दशाग्रहहरुको पुजा कार्यक्रम रहेको छ । जसमा सम्पुर्ण धर्मावलम्बीहर सहभागी हुन सकिने आयोजकले जनाएको छ ।

दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सांस्कृतिक तथा सम्मान कार्यक्रम हुनेछ । समुदायको सांस्कृतिक पहिचानको अभिन्न अङ्ग भएका परम्परागत नृत्य र गीतहरु प्रस्तुत गर्ने, तामाङ सांस्कृतिक कार्यक्रममा सहभागीहरुलाई मत्रमुग्ध गरिनेछ । कार्यक्रमको केन्द्र बिन्दु बोनपो र ताम्बा कलाकारहरुको प्रस्तुति हुनेछ । परमपरागत विभिन्न प्रकारको खानाको परिकारसहितको स्टलहरु उपलब्ध आयोजकले जनाएको छ । जसमा उपस्थित सम्पुर्ण सहभागीहरुले खरीद गरी खानाको स्वाल लिने अवसर प्रदान गरिएको कार्यालयको मुख्य संयोजक मणि पाख्रिनले बताए । कार्यक्रममा गुम्बा र तामाङ समुदायमा उल्लेखनीय योगदान पु्याएको प्रतिष्ठित व्याक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको पाख्रिनले बताए ।

- Advertisement -

बीरगन्ज महानगरपालिका बासी तामाङहरुले हरेक वर्ष माघ महिनाको १५ देखि फागुन १५ सम्म सोनाम ल्होछार मनाउँदै आएतापनि यस वर्ष भने सार्वजनिक रुपमा भव्यताका साथ सभ्य रुपमा मनाउने जमर्को गरिएको आयोजकले जनाएको छ । सोनाम (डुक) ल्होछार महोत्सवमा सहभागी भई सामूूहिक रुपमा मनाउन आयोजकले सम्पुर्ण समुदायका व्याक्तित्व तथा शुभचिन्तकहरुलाई हार्दिक आमन्त्रित गरेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार