मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

पर्सामा ट्राफिक प्रहरीद्वारा ६महिनामा एक करोडभन्दा बढी राजस्व सङ्कलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा बीरगन्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो ।

- Advertisement -

सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए । यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् ।

गत आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो ।

- Advertisement -

यो अघिल्लो आव २०७८÷०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार