नारायणी अस्पतालमा सीडीओको आकस्मिक छड्के अनुगमन

spot_img

बीरगन्ज,१८ मंसिर।  पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ)भोला दाहालले नारायणी अस्पताल बीरगन्जमा सेवा प्रवाहमा देखिएका ढिलासुस्ती, डाक्टरहरूको अनुपस्थिति र कमजोर सरसफाइ व्यवस्थापनबारे बढेको गुनासोलाई मध्यनजर गर्दै आकस्मिक (छड्के) अनुगमन गरेका छन्।

झन्डै आधा घण्टा चलेको अनुगमनका क्रममा सीडीओ दाहालको टोलीले अस्पतालको सेवा प्रवाहमा कमजोरीहरू भेट्टाएको छ। विशेषगरी, ओपीडी (बहिरंग सेवा) मा चिकित्सकहरूको समयमै उपस्थिति नहुने, निर्धारित समयअघि नै ओपीडी छाड्ने तथा अस्पताल परिसर र शौचालयको सरसफाइ सन्तोषजनक नभएको भन्दै सेवाग्राहीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।
सीडीओका प्रमुख निर्देशनहरू
प्रमुख जिल्ला अधिकारी दाहालले अस्पताल प्रशासन र सम्बन्धित निकायलाई सेवामा तत्काल सुधार ल्याउन स्पष्ट निर्देशन दिएका छन्। उनका प्रमुख निर्देशनहरू यसप्रकार छन्  डाक्टर तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूले समयपालनामा कडाइ गर्ने।
ओपीडी सेवाको नियमिततास् ओपीडी सेवा तोकिएको समयसम्म अनिवार्य रूपमा नियमित सञ्चालन गर्ने। सरसफाइमा सुधारस् अस्पताल परिसर र शौचालयको सरसफाइ व्यवस्थापन तुरुन्त सुधार गर्ने।नम्र व्यवहारस् सेवाग्राहीसँग नम्र र मुस्कानसहित सम्मानजनक व्यवहार गर्ने।
अस्पताल प्रशासनको प्रतिबद्धता
अनुगमनपछि बोल्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.चित्रञ्जन साहले अनुगमनमा देखिएका कमी(कमजोरीलाई तुरुन्त सुधार गरेर सेवालाई प्रभावकारी बनाउन अस्पताल प्रशासन प्रतिबद्ध रहेको बताए।

यसैगरी, अस्पतालका सूचना अधिकारी उदय नारायण सिंहले ओपीडीमा डाक्टरहरूले सबै पुर्जी सकाएपछि मात्र अफिसतर्फ सरेको हुनसक्ने स्पष्टीकरण दिए। उनले सेवाको निरन्तरता सुनिश्चित गर्न आन्तरिक समन्वयलाई थप बलियो बनाइने बताएका छन्।

अनुगमन टोलीले सम्पूर्ण सेवाग्राहीलाई सहज र समयमै सेवा उपलब्ध गराउनेतर्फ अस्पताल प्रशासनले अझ ध्यान दिनुपर्नेमा जोड दिएर अनुगमन समापन गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय