सुनको भाउ आज १३ हजार ४०० रुपैयाँले घट्यो

spot_img

काठमाडौँ,१९ माघ । सोमबार सुनको भाउमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य घटेर २ लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको छ।

बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँमा रहेको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय