जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले विश्वासको मत प्रदान गर्ने भएको छ। प्रदेश सभामा एमालेका प्रमुख सचेतक हरि नारायणका अनुसार कुनै पनि दलको नेतृत्वमा सरकार बने पनि स्थिरता कायम गर्न एमालेले विश्वासको मत दिने निर्णय गरेको हो।
उनका अनुसार बुधबार बसेको संसदीय दलको बैठकमार्फत प्रदेशको अस्थिर राजनीतिक अवस्थालाई ध्यानमा राख्दै जो कोही नेतृत्वमा आए पनि समर्थन गर्ने सहमति बनेको हो। यो विषयमा पार्टीभित्र कुनै मतभेद नरहेको समेत उनले स्पष्ट पारे।
प्रदेशमा सरकार गठनका लागि एमालेबाहेकका छ दलबीच छलफल जारी छ भने मुख्यमन्त्री को हुने भन्ने विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन। सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत लिनुपर्ने भएपछि तत्कालीन मुख्यमन्त्री सरोज यादवले बुधबार राजीनामा दिएका थिए। उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई लिखित राजीनामा बुझाएपछि प्रदेश प्रमुखले शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समयसमेत तोकेका छन्।
अब गठन हुन लागिरहेको सरकारले नेतृत्व गर्न लोसपाका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल वा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवमध्ये एकजनाको दाबी पेस हुने अनुमान गरिएको छ।
हालको राजनीतिक उल्झन र पछिल्ला अपरिपक्व निर्णयहरूको कारण मधेशमा एमाले एक्लिँदै गएको आँकलन भइरहेका बीच, एमालेले फेरि सहकार्यका वातावरण बनाउन ‘नयाँ कार्ड’ खेलेको विश्लेषण भइरहेको छ। प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको पद गुमाइसकेपछि दुई महिनामै तीनपटक सरकार परिवर्तन भइसकेको मधेश प्रदेशमा २०७९ को चुनावपछि चौथो

