रवि लामिछानेको मागअनुसार अदालतले आज रिहाको आदेश दिन्छ ?

spot_img

काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामो बिहीबार लागि पेसी तोकिएको छ ।

यसअघि पेसी चढे पनि सुनुवाइ नभइ स्थगित हुँदै आएकोमा बिहीबार पनि पेसी चढेको छ । तर, इजलासमा चढ्ने नचढ्ने निधो भने भइसकेको छैन ।

आफूविरुद्धको अभियोगमा माग गरेबमोजिम बिगो बुझेर रिहा गर्न रविले माग गरे पनि साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले दिन अस्वीकार गरेको थियो । जिल्ला अदालतको निर्णयविरुद्ध लामिछाने र जोशीले गत भदौ ९ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएर बिगोबमोजिम रकम बुझेर रिहा गर्न माग गरेका हुन् ।

सोही निवेदनको बिहीबार पेसी चढेको हो । सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ।

यता रविले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत तिरेर रिहा हुन पाउनुपर्ने माग निवेदन दिएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय