spot_img

रौतहटमा शङ्कास्पद ड्रम फेला, सेनाको डिस्पोजलपछि माटो मात्र भेटियो

spot_img
spot_img

वीरगन्ज,१८ फागुन । रौतहट जिल्लाको राजपुर नगरपालिका–५, पानीटंकी नदी नजिक आज बिहान शङ्कास्पद वस्तु फेला परेपछि केही समय त्रासको अवस्था सिर्जना भएको छ। स्थानीय बासिन्दाले सडकछेउमा बेवारिसे अवस्थामा राखिएको ड्रम देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजाल नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार ग्रामीण सडक किनारमा राखिएको ड्रम शङ्कास्पद देखिएपछि आवश्यक सतर्कता अपनाइएको थियो। गौर–पुरेनवा क्षेत्रमा रहेको नारायण दल गण बाट नेपाली सेनाको बम डिस्पोजल टोलीसमेत खटाइएको थियो।
डिस्पोजल प्रक्रियापछि उक्त ड्रमभित्र कुनै विष्फोटक पदार्थ नभई माटोको थुप्रो मात्र भेटिएको प्रहरीले जनाएको छ। घटनापछि अवस्था सामान्य रहेको र स्थानीयमा फैलिएको त्रास पनि हटेको जनाइएको छ।

प्रहरीले यस्ता शङ्कास्पद वस्तु देखिएमा नछुने र तुरुन्त सुरक्षाकर्मीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय