Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्सा–३ : युवा उद्यमी...

पर्सा निर्वाचन क्षेत्र–३ मा युवा उद्यमी रुपेश पाण्डे चुनावी मैदानमा अघि बढेका छन्।...

३० वर्षपछि सुरु भएको...

बीरगन्ज महानगरपालिका–१५ अन्तर्गत लक्षणवा हरियाली टोलमा ३० वर्षपछि सुरु भएको सडक निर्माण कार्य...

रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री...

सुनसरी,२७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गरी सामाजिक सञ्जालमा...

जेन–जी आन्दोलनको खबरदारीपछि कांग्रेस...

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी आन्दोलनले दिएको खबरदारीलाई आत्मसात...
spot_img

पूर्वमन्त्री गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित

spot_img

काठमाडौँ,२७ माघ । लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि गुप्ताका कानुन व्यवसायीले सुनुवाइ स्थगित गराएका हुन्।

पूर्वमन्त्री गुप्ताले विशेष अदालतमा दायर गरेको निवेदनमा लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउने आदेश बदर गर्न माग गरिएको थियो। यसअघि गुप्ताको निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको ७३ नम्बरको निवेदन परेरनपरेको बुझ्न आदेश गरेको थियो।

उक्त भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि गुप्तालाई थुनामा पठाउने आदेश जारी गरेको थियो।

गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठमाथि पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो।

अदालतमा बयान दिँदा गुप्ताले आफूमाथि लागेको आरोप असत्य भएको दाबी गरेका थिए। तर अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय