spot_img

आइसिसी वर्ल्ड कपका लागि नेपाली खेलाडीहरूको सूची सार्वजनिक

spot_img
spot_img

काठमाडाैं, १७ चैत्र । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी २०२५ जुनमा स्कटल्यान्डमा हुने आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतका खेलहरूको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली चयन गर्न तयारी क्याम्पको प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरेको छ।

क्यानले छनोट भएका खेलाडीलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’, र ‘नेपाल ग्रिन’ गरी चार समूहमा विभाजन गर्ने निर्णय गरेको छ, र प्रमुख प्रशिक्षक स्टुअर्ट लको निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ। यस सूचीमा ४८ खेलाडीहरूको नाम समावेश गरिएको छ, जसमा रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल लगायतका प्रमुख खेलाडीहरू रहेका छन्। क्यानले आगामी वर्ल्ड कप लिग–२ का लागि खेलाडीहरूको छनोटमा ठूलो तयारी गर्दै तयारी क्याम्प सञ्चालन गर्ने योजना बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय