Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्सा–३ : युवा उद्यमी...

पर्सा निर्वाचन क्षेत्र–३ मा युवा उद्यमी रुपेश पाण्डे चुनावी मैदानमा अघि बढेका छन्।...

३० वर्षपछि सुरु भएको...

बीरगन्ज महानगरपालिका–१५ अन्तर्गत लक्षणवा हरियाली टोलमा ३० वर्षपछि सुरु भएको सडक निर्माण कार्य...

रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री...

सुनसरी,२७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गरी सामाजिक सञ्जालमा...

जेन–जी आन्दोलनको खबरदारीपछि कांग्रेस...

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी आन्दोलनले दिएको खबरदारीलाई आत्मसात...
spot_img

स्वर्गीय यादवप्रति कांग्रेसको श्रद्धाञ्जली, मधेसका आठै जिल्लामा पार्टी कार्यालय बन्द

spot_img

जनकपुर,२७ माघ । नेपाली कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका प्रमुख स्वर्गीय प्रदीप कुमार यादवप्रति कांग्रेसका शीर्ष नेताहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

स्वर्गीय यादवको निजी निवास पुगेर पार्टी नेता विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति कृष्ण प्रसाद यादव, नेता महेन्द्र यादव लगायतले अन्तिम सम्मान व्यक्त गरेका थिए। श्रद्धाञ्जलीका क्रममा यादवको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो।

पार्टी र स्थानीय तहको विकासमा इमानदार, समर्पित र जनप्रिय नेतृत्वका रूपमा चिनिएका यादव मधेस प्रदेश नगरपालिका संघका अध्यक्ष समेत थिए। नेताहरूले उनका योगदानको कदर गर्दै उनको निधनले पार्टी र मधेसको राजनीतिमा अपूरणीय क्षति पुगेको बताएका छन्।

कांग्रेस मधेस प्रदेश कार्यसमितिले स्वर्गीय यादवको सम्मानमा विभिन्न शोक कार्यक्रम सार्वजनिक गरेको छ। आकस्मिक बैठकले एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकको निर्णयअनुसार आज मधेस प्रदेशका आठै जिल्लाका पार्टी कार्यालयहरू बन्द रहनेछन्।

त्यस्तै, माघ २७ र २८ गते पार्टीको झण्डा आधा झुकाइने, सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने, र १३औँ दिनको पुण्यतिथिमा मधेस प्रदेश कार्यालयमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय