Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्सा–३ : युवा उद्यमी...

पर्सा निर्वाचन क्षेत्र–३ मा युवा उद्यमी रुपेश पाण्डे चुनावी मैदानमा अघि बढेका छन्।...

३० वर्षपछि सुरु भएको...

बीरगन्ज महानगरपालिका–१५ अन्तर्गत लक्षणवा हरियाली टोलमा ३० वर्षपछि सुरु भएको सडक निर्माण कार्य...

रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री...

सुनसरी,२७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गरी सामाजिक सञ्जालमा...

जेन–जी आन्दोलनको खबरदारीपछि कांग्रेस...

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी आन्दोलनले दिएको खबरदारीलाई आत्मसात...
spot_img

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई करिब २ खर्ब रुपैयाँ अनुदान हस्तान्तरण

spot_img

काठमाडौं,२७ माघ । संघीय सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रदेश तथा स्थानीय तहलाई करिब २ खर्ब रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिसम्म प्रदेश सरकारका लागि विनियोजित अनुदानको ३९.१४ प्रतिशत र स्थानीय तहका लागि ४७.६० प्रतिशत रकम हस्तान्तरण भइसकेको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यो तथ्य उल्लेख गरिएको हो ।

समीक्षा अनुसार संघीय सरकारले प्रदेश सरकारलाई ३८ अर्ब १८ करोड ७२ लाख रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ५२ अर्ब ४६ करोड ४ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत संघीय सरकारले प्रदेश र स्थानीय तहका लागि समानीकरण, ससर्त, समपूरक र विशेष गरी चार प्रकारका अनुदान शीर्षकमासमेत कुल ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम कुल संघीय बजेटको २१.२७ प्रतिशत हो ।

पुस मसान्तसम्म संघीय सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक अन्तःशुल्कबाट संकलित राजस्वमध्ये प्रदेश र स्थानीय तहलाई १५–१५ प्रतिशतका दरले कुल ६९ अर्ब १५ करोड ५० लाख रुपैयाँ बाँडफाँट गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

खर्च प्रगतिको अवस्थातर्फ हेर्दा सातै प्रदेशको कुल २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ बजेटमध्ये पुससम्म जम्मा १४.१६ प्रतिशत मात्रै खर्च भएको छ । यसमध्ये पुँजीगत खर्चको अवस्था अत्यन्त न्यून रहँदै ९.३३ प्रतिशतमा सीमित भएको छ ।

यद्यपि स्थानीय तहमा हस्तान्तरण गरिएको कुल रकममध्ये ५६.८२ प्रतिशत खर्च भइसकेको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट तथ्यांकका आधारमा स्थानीय तहको कुल बजेटमध्ये २३.९ प्रतिशत खर्च भएको देखिएको छ ।

अर्थ मन्त्रालयले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को कार्यान्वयन, सूत्र प्रणालीको आधुनिकीकरण तथा राजस्व बाँडफाँटको नयाँ ढाँचा स्वीकृत हुनु महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

तर तीनै तहका सरकारमा समान प्रकृतिका संरचनाहरू हुँदा कार्य दोहोरोपना, अनावश्यक वित्तीय भार तथा बजेट अनुशासनसम्बन्धी कानुनको अभावले जवाफदेहिता सुनिश्चित गर्न कठिनाइ भएको मन्त्रालयले स्वीकार गरेको छ ।

प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिएको रकम खर्च हुन नसकी निष्क्रिय रहँदा संघीय सरकारले नगद अभाव टार्न सार्वजनिक ऋण लिनुपर्ने विरोधाभासपूर्ण अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

यस्तै प्रदेश र स्थानीय तहका स्थायी कर्मचारीको अवकाशपछिको दायित्व भुक्तानीका लागि स्रोत सुनिश्चित नभएको, बढ्दो बेरुजु तथा भविष्यमा पर्ने वित्तीय भार प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।

समीक्षामा संगठन संरचनाको पुनर्संरचना, एकीकृत रोयल्टी व्यवस्थापन कानुन निर्माण, स्वचालित वित्तीय हस्तान्तरण प्रणाली लागू गर्ने तथा योगदानमा आधारित अवकाश कोष अनिवार्य गर्ने लगायत सुधारका क्षेत्र पहिचान गरिएको जनाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय