काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा बनाउँदै उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरूले पाकेटमार्ने, धकेलाधकेल गर्ने, अवाञ्छित गतिविधि गर्ने र गाँजा सेवन गरेको पाइएपछि कारबाही गरिएको हो।
प्रहरीले पर्वको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी धार्मिक स्थलमा शान्ति र सुरक्षा कायम राखेको जनाएको छ। पनि, दर्शनार्थीहरूलाई अनुशासन पालनामा आग्रह गरिएको छ।

