Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

” संकटको घडीमा कसले काम गर्छ र कसले भाषण मात्रै गर्छ भन्ने कुरा जनताले प्रत्यक्ष देखेकाछन् ” : यादव

spot_img

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले संकटका बेला जनताको पक्षमा उभिने नेतृत्वलाई अब मतदाताले स्पष्ट रूपमा छान्नुपर्ने समय आएको बताएका छन् ।

चुनावी प्रचार–प्रसार, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रममा बोल्दै यादवले वीरगंजमा चरम सुख्खा परेका बेला नगरवासीहरू खानेपानीको अभावमा भौतारिइरहेका समयमा आफूले ठूलो जोखिम मोलेर केन्द्र सरकारसँग बजेटको व्यवस्था गरी धारा,बोरिङ, ट्युबवेल तथा रिजर्भ ट्याङ्कीमार्फत सहज पानी वितरण गराएको स्मरण गराए । “संकटको घडीमा कसले काम गर्छ र कसले भाषण मात्रै गर्छ भन्ने कुरा जनताले प्रत्यक्ष देखिसक्नुभएको छ,” यादवले भने।

पूर्व मन्त्रीसमेत रहनुभएका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्रालयको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा काम गरेर प्रमाणित गरेको दाबी गर्दै अब विकास निर्माणका बाँकी कार्यहरू पूरा गर्नका लागि फेरि एकपटक अवसर दिन मतदातासँग आग्रह गरे । “जनताको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै एमालेसँग छ,” उनले जोड दिए।

यादवले सुख्खाग्रस्त क्षेत्रका कारण सिर्जना भएका समस्याहरू समाधान गर्न कुनै कसर बाँकी नराखी अघि बढेको, कोरोना महामारीका बेला वीरगंज र आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि खेलेको भूमिकासमेत स्मरण गराए । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक क्षेत्रका सुधारका कामहरूले नै आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि गर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटका बेला साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको बताउँदै एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न आफूहरू आतुर रहेको प्रतिक्रिया दिएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा विकास, स्थायित्व र जनउत्तरदायी नेतृत्वको पक्षमा माहोल बन्दै गएको स्थानीयको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय