अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

spot_img

काठमाडौं,०७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदान प्रक्रियालाई थप व्यवस्थित बनाउन निर्वाचन आयोग ले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि बनाएको जनाएको छ। कार्यविधि अनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहित सार्वजनिक सूचना जारी गर्नेछ। आवश्यक परे राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ।

सरकारी निकायमा कार्यरत कर्मचारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिने प्रावधान राखिएको छ।

यस्तै, कुनै व्यक्तिको नाम छुटेको वा विवरणमा त्रुटि देखिएको खण्डमा सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले स्पष्ट पारेको छ।

आयोगको यो कदमले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदाता व्यवस्थापन प्रक्रिया पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय