सिरहा,१३ माघ । सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीय निशा बानियाँको शव अस्पतालबाट हराएको विषयमा आफन्तहरूले मंगलबार पुनः सडकमा प्रदर्शन गरेका छन्। यसअघि सोमबार साँझ पनि पीडितका आफन्तले सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका थिए।
पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव हराएपछि स्थानीयले अस्पताल प्रमुखसहित सम्बन्धित निकायलाई कारबाहीको माग गरेका छन्। गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी किशोरीको शव इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक मृत्युको मुचुल्कासहित पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो। तर उनका बुबा–आमाले रोजगारीको कारण भारतमा रहेकाले सोमबार आएर शव लिन अस्पताल पुगेका...
सिरहा,१३ माघ । सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीय निशा बानियाँको शव अस्पतालबाट हराएको विषयमा आफन्तहरूले मंगलबार पुनः सडकमा प्रदर्शन गरेका छन्। यसअघि सोमबार...