बीरगन्ज,२१ असार । नेपालको बाटो हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई शुक्रवार बीरगन्ज–रक्सौल जोड्ने मैत्री पुलबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बङ्गलादेशको कुम्मीला ढाका निवासी अन्दाजी ५० वर्षीय सैयद इकबाल अहमद रहेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, वैध कागजात (भिसा) बिना नै भारत प्रवेश गर्न खोजेका अहमदलाई अनुसन्धानका लागि रक्सौलस्थित अध्यागमन कार्यालयमा राखिएको छ। प्रारम्भिक सोधपुछमा अहमदले आफू ढाकाबाट काठमाडौँ हुँदै बीरगन्जको बाटोबाट भारत प्रवेश गर्न खोजेको बताएका छन्। उनले उत्तर प्रदेशको लखनउस्थित दारुल उल मदरसामा कार्यरत बङ्गलादेशी शिक्षक जुबेर आलमलाई भेटेर अजमेर...
बीरगन्ज,२१ असार । नेपालको बाटो हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई शुक्रवार बीरगन्ज–रक्सौल जोड्ने मैत्री पुलबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले...