spot_img

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात

spot_img
spot_img

काठमाडौं,१७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र गुजरात टाइटन्सबीच अहमदाबादमा प्रतिस्पर्धा भइरहेको छ ।

बेंगलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टिम कुनै पनि परिवर्तनबिना मैदानमा उत्रिएको छ । यता गुजरात टाइटन्सको टोलीमा साई किशोरको स्थानमा अरशद खानलाई समावेश गरिएको छ ।

खेलको सुरुवाती ३.४ ओभरपछि गुजरातले २ विकेट गुमाएर २६ रन बनाएको छ । निशान्त सिन्धु क्रिजमा छन् भने शुभमन गिल १० रन र साई सुदर्शन १२ रन बनाएर आउट भएका छन् ।

नरेंद्र मोदी स्टेडियममा दुवै टोलीसँग दोस्रो पटक उपाधि जित्ने अवसर रहेको छ । बेंगलुरुले पछिल्लो सिजन पहिलो पटक उपाधि जितेको थियो भने गुजरात टाइटन्सले आफ्नो पहिलो सिजन २०२२ मै च्याम्पियन बन्न सफल भएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय