मकवानपुर,१० माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ फारलाईन सेल्फिरोडबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा–१२ का २८ वर्षीय उमेश विक, हेटौँडा–४ का ५० वर्षीय देव लामा र राक्सिराङ–३ का २९ वर्षीया सिर्जना दोङ रहेका छन्। प्रहरीले उनीहरूबाट ४ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौँडा बजारबाट फारलाईन तर्फ जाँदै गरेको ना२ह ९४४ नम्बरको अटो जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको थियो। पक्राउ परेका व्यक्तिहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मकवानपुर,१० माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ फारलाईन सेल्फिरोडबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा–१२ का २८ वर्षीय उमेश...