जब पहिलो प्रेम असफल भयो नि, त्यहि दिन निर्णय गरे, अब कहिल्यै प्रेममा परिन्न । अब कसैलाई बाईकमा लिफ्ट दिईन्न । अब कोई रिसायो भने उसलाई फकाउँन पछाडि फर्किनु छैन । अब यो यात्रामा यदि कोहि पछाडि छुट्यो भने उसलाई फर्काउन पछाडि जानू छैन । किनकि यदि अब मेरा यी नयन कसैका नयनसँग अल्झिए भने सायद सुल्झिन्न होला । तसर्थ, अब पढाईमा ध्यान दिने र सपनाहरूलाई सार्थक्ता दिने निधो गरे ।
पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तरको अन्तिम परीक्षा सकेर घर फर्किन विचार गरे । कार्तिक ८ गते परिक्षा सकियो । त्यही राति विरगञ्जका लागि मकालु यातायातमा टिकट काटे । समय रातिको ८ बजे । स्थान कलंकि बसपार्क । म B को ४ नम्बर झ्याल भएको सिटमा बसिरहेको थिए । गाडि खुल्नै आँटेको थियो । झ्याल बाहिर व्यस्त काठमाडौंको दृश्य थियो । कानमा ईयरफोन लाको थिए । सुगम पोखरेलको “तिमी मभन्दा कोशौ टाढा छौ” गित बज्दै थियो । मेरो हाल ठ्याक्कै त्यो योद्वा जस्तो थियो जो युद्व हारिसकेपछि अब कहिल्यै युद्व लड्दिन भन्ने संकल्प गरेको होस् । खैर ! घडिमा रातिको ८.३० हुन लागेको थियो । तर, मेरो छेउको सिट अझै खालि। मेरो छेउमा कस्तो मानिस पर्ने होला भन्ने चिन्ताले पनि मलाई कताकता पिरोलिरहेको थियो । कतै निन्द्रामा ट्याक्टरको आवाज निकाल्ने कोई वयस्क पो पर्ने हो कि ? या मेरो सिट पनि ओगट्ने कोई मोटो मानिस ? विभिन्न खालका विचार मस्तिष्कमा ओहोरदोहोर गरिरहेका थिए ।
यतिमै ईन्ट्रि भयो उनको । सुस्मिता । सुस्मिता गौतम । निलो जिन्स, कालो टिसर्ट, कानमा ईयरफोन्स्, आँखामा हल्का गाजल, खैरो रंगको खुल्ला छाडिएका घना कपाल, स्ट्रबेरिको रसमा लतपत भएको जस्तो देखिने ती राता उनका ओठ र सर्लक्क मिलेको जिउडाल । उनि पाल्पाको त्यो रानिमहल जस्तै थिई । जसलाई केवल माया गर्नका लागि बनाईएको हो । जसलाई हेरेर आनन्द त लिन सकिन्छ । तर आफ्नो बनाउन सकिँदैन । उनको ईन्ट्री हुने बितिक्कै मानौ वातावरणमा खुशियालीको सञ्चार भए जस्तो । उनमा कुलनेस ( coolness) त मानौ कुटेकुटेर भरिएको थियो । हरेक दोस्रो मिनेटमा चुईंगम जो पड्काईरहेकी थिईन् । म आफ्नै काममा व्यस्त भए । कानमा ईयरफोन र हातमा प्रेमालय भएपछि अरू के नै चाहिन्थ्यो र ? मलाई । प्रेमालय, उपन्यास । उनि आफ्नो ह्यान्डब्याग खोत्लदै थिईन् । सायद टिकटको तलाश थियो उनलाई । “कसरी भनु तिमिलाई तिम्रो आँखामा एउटा जादु छ ” यहि गितबाट मेरो ईयरफोनले मेरो मस्तिष्कलाई गुन्जायमान गर्दै थियो। एक छिनपछि उनले आफ्नो टिकट निकाल्दै खलासी भाईलाई दिईन् । बसले बिस्तारै काठमाडौं छोड्दै थियो । खलासी भाईले मतर्फ इसारा गर्दै उनलाई बस्न संकेत गर्यो । उनी ठ्याक्कै मेरो छेउको सिटमा थचक्क बिराजमान भईन् । म्याडम बिराजमान त भईन् तर यस प्रकारले कि मेरो हातको उपन्यासले भुँई छोएको थियो । म हाफ टिसर्टमा थिए र उनी पनि । काठमाडौ छोड्दै गर्दा बाटामा रहेका खाल्डाखुल्डीमा बस नमज्जाले हल्लिन्थ्यो । कलान्तरमा यस्ता खाल्डाखुल्डी प्रति मेरो गहिरो रिस भएपनि त्यो रात बाटामा अझै खाल्डाखुल्डी भए हुन्थयो जसो लागिरहेको थियो । गाडि हल्लिँदा उनको शरिरले मेरो शरिरलाई न्यानो स्पर्श गर्दै थियो । आहा ! बयान गर्न गाह्रो । एकछिनमा गाडी हल्लिन बन्द भएछ । पिचमा गाडी गुड्न थाल्यो । हातमा भएको प्रेमालयका केही पाना पल्टाए र पढ्न सुरू गरे । उनी मोबाईल चलाउँदै थिइन, सायद । समय रातिको साढे ९ । गाडी ओरालो झढ्दै थियो । उनले केहि बोलेको जस्तो अनुभुति भयो । मोबाइलमा कोहिसँग होला भन्दै ईग्नोर गरे । मेरो पाँखुरामा हात राख्दै उनले केही भनिन । सुन्न सकिन, ईयरफोन जो लगाको थिए । हत्तपत्त एउटा कानको ईयरफोन झिके र उतर्फ हेरे । “तपाईं पत्रकार हो ?” निर्धक्क भएर सोधिन् उनले । “हो, तपाईलाई कसरी पत्ता लाग्यो ?” । “यति बुझ्नुस्, थाहा भईहाल्यो” । मैले सोधे ” तपाईं के गर्नुहुन्छ?” । चपाउँदै गरेको चुईंगम् पड्काउँदै भनिन् , ” महोदय, परिचय गर्दा सबभन्दा पहिला नाम सोधिन्छ । नाम सोध्नुस् मेरो” । “नाम” ? । “सुस्मिता गोतम” । त्यसपछि मानौ सुस्मिता एकपलका लागि पनि रूकिनन् । उनले मलाई आफ्नो बारे सबै कुराहरू बताईन् । जस्तै कि उनलाई चिया कती मनपर्छ । जस्तै कि उनलाई सुबिन भट्टराई कती मनपर्छन् । जस्तै कि उनलाई नयाँ ठाउँहरूको भ्रमण गर्न कती मनपर्छ । जस्तै कि उनलाई नेपाल सरकार बिल्कुलै मनपर्दैन। हाहा । ठट्टा पनि गर्दोरहेछिन् उनी । अर्को कानमा झुन्डिरहेको ईयरफोनमा “एकै नजरमा माया बस्यो है” गित बज्दै थियो । यतिमै उनले मलाई सोधिन् “तपाईलाई के मनपर्छ?” । “मलाई ! मलाई सुबिन भट्टराई त मनपर्छन् नै तर चिया, चिया त अर्धाङिनि हो मेरि । नशा नशामा चियाको सञ्चार छ ।” मेरो कुरा सुनेर उनी मज्जाले हासिन् । यतिसम्म आईसक्दा उनी तर्फ म आकर्षित भईसकेको थिए । उसले बोलेको हरेक मलाई उतर्फ तानिरहेको थियो । यतिमै हामी सवार मकालु यातायात टक्क अडियो। ५ मिनेट – ५ मिनेट भन्दै खलासि भाइ ढोका बाहिर निस्किए । झ्याल बाहिर हेरे, चिया पसल थ्यो। चिया पसल देखिसकेपछि बसभित्रै बसिरह्ने कुरै भएन। च्यापसल पुगेर दुई कप चिया अर्डर गरे । चिया समाप्त भयो । गाडिले फेरि रफतार समात्यो।
रातिको लगभग १२.३० बजिरहेको थियो। घुमाउरो बाटामा गाडि आफ्नै गतिमा गुडिरहेको थियो। एकतर्फ पहाड अर्को तर्फ खोला । चिसो हल्का बढेको अनुभुती हुँदै थियो । उनिसँग मैले थप कुरा गर्न चाहे । तर, उनी मस्त निन्द्रामा थिईन् । सुतिरहेकी उनको रूप थप मनमोहक । थप आकर्षक । त्यतिखेर सायद एक पल अझै उनको रूपलाई नियालेको भए, पक्का ! पक्का माया बस्थयो । तर, यो पनि तय गरेको थिए नि, कि अब कहिल्यै मायामा परिन्न । नभन्दै म झ्याफ बाहिरको दृश्य हेर्न थाले। कहिले आँखा लाग्यो पत्तै भएन ।
समय बिहानको ५.३० बजे । स्थान विरगञ्ज बसपार्क। खलासि भाईको आवाज सुनेर ब्युझिए। म ब्युँझिदा सुस्मिता थिईनन् । गाडिबाट ओर्लिएर यताउता, वरिपरि, चारैतिर उनलाई खोजे तर उनी भेटिनन् । मसँग केवल उनको नाम थियो । न उनको ठेगाना न फोन नम्बर। सामाजिक सञ्जाल भरि उनको तलाश गरे, भेटिनन् ।
तर, यो पनि तय गरेको थिए नि कि अब जिन्दगिको यात्रामा कोई पछाडि छुट्यो भने तिनलाई फर्काउन पछाडि फर्किने छैन्। त्यसैले रिक्सामा बसे र घरतिर लागे। रिक्सामा बसिरहँदा उनिसँग बिताएका ति पलहरू सम्झनामा आइरह्यो । जब घर पुगे पकेटबाट कागजको एक टुक्रा निस्कियो । त्यसमा लेखिएको थियो “डियर पत्रकार साब, तपाई सुतिरहेकोले ब्युँझाउन उचित ठानि । मेरो घर पावर हाउस चोकमा छ । आउनुस् है बेलुका चिया खान। सुस्मिता” । उनले आफ्नो नम्बर पनि लेखेकिथिईन् । जब साँझ भयो पावरहाउस चोक तिर गए र उनलाई फोन गरे ।
……….
त यो महशुस भयो नि, कि जो मान्छे भन्छन् प्रेम एक पटकका लागि मात्र हुन्छ, उनीहरू झुट भन्छन् । प्रेम दोस्रो पटकमा झन् गहिरो पनि हुन सक्छ । सुस्मिता र मेरो यो कथा त्यहि उद्वारण हो ।
धन्वाद ।।
#monsoon