१८ वैशाख, काठमाडौं। सहकारी ठगीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत नवलपुरले सांसद बस्नेतलाई सहकारी ठगी कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सांसद बस्नेत फरार भएकी छन् । सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
बस्नेतसहित उनको समूहले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ ।

