spot_img

बालुवाटर जग्गा प्रकरणमा संलग्न कसैलाई छाड्नु हुन्न : नेता सिंह

spot_img
spot_img

संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई बिक्री गर्ने कार्यमा जो सुकै संलग्न भए पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार संखुवासभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सि‌ंहले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको उल्लेख गर्दै बालुवाटारको जग्गा प्रकरणमा दोषी देखिए कांग्रेसकै नेतालाई पनि कारबाही हुनुपर्ने बताए ।

बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे सोधिएको प्रश्नमा सिंहको जवाफ थियो, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानून बमोजिम दण्ड सजाय हुनुपर्छ ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय