सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालको राष्ट्रिय फूल लालीगुराँस सौन्दर्यदेखि औषधीसम्म

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गुराँसको बखान त गरेर साध्य छैन । गुराँससँग हाम्रो आत्मियता पनि जोडिएको छ । नेपालको राष्ट्रिय फूल कुन हो भन्दा ‘लाली गुराँस’ भन्दै हुर्किएका हामीलाई गुराँस नौलो रहेन ।

- Advertisement -

हामीले गुराँसको गीत गाएका छौ । गुराँसको सर्वत पिएका छौ । गुरासको सौन्दर्यमा उमंगित भएका छौ । गुराँसको उत्सव गरेका छौ ।

बनैभरी फुलिदिने गुराँसले चैत्र र वैशाखमा बनपाखालाई ढकमक्क बनाइदिन्छ । कसैले नरोपे पनि, कसैले नहुर्काए पनि, कसैले मलजल नगरे पनि, कसैले स्यहार नगरेपनि गुराँसले बनजंगललाई शोभायमान बनाइदिन्छ ।

- Advertisement -

हामीले लाली गुराँस त सुन्दै आयौ । तर, गुराँस थरीथरीका हुन्छन् । अनेक रंगमा फूल्ने यी गुराँस नेपालमा मात्र ३३ प्रजातिका छन् भनेर अभिलेख गरिएको छ । यसअघि ३० प्रजातिका मात्र पाइन्छन् भन्ने तथ्य बाहिरिएको थियो ।

त्यसो न नेपालका पहाडी भेगहरुमा गुराँस प्रशस्तै पाइन्छ । बनजंगल नै गुराँसले हराभरा हुन्छ । यद्यपी नेपालको एक भेग, जहाँ गुराँसको साम्राज्य नै देखिन्छ । तीनजुरे मिल्के जलजले त्यही ठाउँ हो, जहाँ २८ प्रजातिको गुराँस देख्न सकिन्छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजलेलाई गुराँसको राजधानी भन्ने गरिएको छ । यो ठाउँमा गुराँसले नै तानेर पर्यटकहरु भित्र्याउने गर्छ । चैत्र(वैशाखमा यहाँ गुराँससँग रमाउनेहरुको ओइरो लाग्छ । १ हजार पाँच सयदेखि पाँच सय पाँच सय मिटर उचाईमा फैलिएको यो जंगलमा गुराँस नै गुराँसले ढकमक्क हुन्छ ।

खासगरी गुराँस पूर्वी हिमालय र मलाय द्वीप समूहमा अत्याधिक फेला पार्न सकिन्छ । चीनको युनान प्रान्तको उत्तरपश्चिम सीमा अर्थात हिमालयको पूर्वी छेउमा रहेको हेङदुवाङ पर्वत शृंखला गुराँसका प्रजातिहरुको प्रचुरता रहेको क्षेत्र भनि उल्लेख छ । गुराँस हेङदुवाङ पर्वत शृंखलातिरै उत्पत्ति भएको मानिन्छ ।

यद्यपी पछिल्लो खोजले गुराँसको पात अमेरिकाको अलास्कामा फेला पारेको तथ्य सार्वजनिक गरेको छ । लालीगुराँस, गुराँस, रातो तथा सेतो चिमाल, सुनपाती, भाले सुनपाती जस्ता अनेकथरी गुराँस पाइन्छन् ।

जब बनजंगलमा ढकमक्क गुराँस फूल्छ, बनजंगलले नै उत्सव मनाइरहेको भान हुन्छ । भीर(पाखा ढाक्नेगरी फूलेका गुराँसले सौन्दर्य पारखीको मन त लोभ्याउन नै भयो । गुराँसको यही सौन्दर्यबाट मोहित भएर मुलुकको विभिन्न ठाउँमा उत्सव नै आयोजना गरिन्छ, गुराँस उत्सव ।

बागलुङको पर्यटकिय घुम्टे लेकमा गुराँस उत्सव हुँदै आएको छ । गुराँस फूल्ने मूख्य सिजनमा त्यहाँ यस्तो उत्सव आयोजना गरिन्छ । उता रोल्पामा ‘रोल्पा गुराँस साहित्य मेला’ आयोजना भइरहेको छ । यस्ता उत्सव अन्य भेगमा पनि हुने गरेको छ ।
गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ ।

गाउँघरतिर अझैपनि गुराँस राख्ने र औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ । स्वादिलो पनि । घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइन्छ । कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ । हृदयरोगमा गुराँसको जुस सेवन गर्दा फाइदा मिल्छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार